साउदीद्वारा विश्वकै ठूलो सरकारी डाटा सेन्टर निर्माण सुरु, हुनेछ ४८० मेगावाट क्षमता
साउदी अरेबियाको डाटा तथा कृत्रिम बुद्धिमत्ता प्राधिकरण (एसडिएआईए) ले रियादमा ‘हेक्सागन’ नामक विश्वकै ठूलो सरकारी डाटा सेन्टरको निर्माण सुरु गरेको छ। यो डाटा सेन्टरको क्षमता ४८० मेगावाट छ र यसले २८ लाख वर्ग मिटरभन्दा बढी क्षेत्रफल ओगट्नेछ। निर्माण कार्य जनवरी १, २०२६ मा आधारशिला राखेर सुरु भएको हो।
