सुदीप घिमिरे : ‘एसजी ग्रुप’ हाँकिरहेका ‘पाइलट’
आजभन्दा एक दशक अगाडि फर्केर हेर्ने हो भने १८/२० वर्षको युवाले कुनै उद्यम वा व्यवसाय गर्छु भन्दा समाजले हत्तपत्त विश्वास गर्दैनथ्यो । त्यसमाथि, नेपाली समाजको चरित्र नै उद्यम व्यवसायप्रति सकारात्मक वा उदार छैन । बरु, लेखपढ गरेर जागिर खानुपर्छ भन्ने भाष्य आजपर्यन्त पनि स्थापित नै छ । अहिले अवस्था क्रमशः फेरिँदैछ ।
