कांग्रेस महाधिवेशन वैशाख २८ देखि ३१ सम्म, यस्तो छ कार्यतालिका
नेपाली काँग्रेसको १५ औँ महाधिवेशन आगामी वैशाख २८,२९,३० र ३१ गते काठमाडौँमा हुने भएको छ । शुक्रवार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको पार्टीको केन्द्रीय कार्यसमितिको बैठकले यसअघि ल्याइएको कार्यतालिका परिमार्जन गर्दै आगामी वैशाख २८ देखि ३१ गतेसम्म महाधिवेशन गर्ने नयाँ कार्यतालिका पारित गरेको हो ।
