SHARE
पर्दाफास · शुक्रबार​ १८ पु २०८२ १२:४८ PM · 1 मिनेट पढाइ

मुस्लिम आयोगका पूर्वअध्यक्ष अन्सारीको अध्यक्षतामा ‘राष्ट्र निर्माण दल’ घोषणा

मुस्लिम आयोगका पूर्वअध्यक्ष समिम मियाँ अन्सारीको अध्यक्षतामा राष्ट्र निर्माण दल घोषणा गरिएको छ । शुक्रवार काठमाडौँमा एक कार्यक्रमको आयोजना गर्दै पार्टीको औपचारिक घोषणा गरिएको हो । पार्टी घोषणा कार्यक्रममा बोल्दै अध्यक्ष अन्सारीले राष्ट्र निर्माण दल अन्य राजनीतिक दलभन्दा फरक विचार र उद्देश्यका साथ अघि बढ्ने दाबी गरे ।