रवि, बालेन र कुलमानबीच छलफल जारी, जुट्ला त सहमति ?
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह र उज्यालो नेपाल पार्टीका संरक्षक उर्जामन्त्री कुलमान घिसिङबिच तीन घण्टादेखि एकता प्रक्रियाका विषयमा छलफलमा भइरहेको जनाइएको छ। काठमाडौँमा आज नै सहमति गर्ने तयारीसहित छलफल भइरहेको कुलमान निकट स्रोतले जानकारी दिएको छ। एकताबारे छलफल गर्न पहिलोपटक तीन नेता एकै ठाउँमा जुटेका हुन् ।
