पूर्वराष्ट्रपति भण्डारीसँगको भेटपछि अध्यक्ष ओलीको ब्रिफिङ : पार्टीभित्र मतभेद छैन
काठमाण्डु – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्या भण्डारीसँग सोमबार भएको भेटबारे केन्द्रीय कमिटीको बैठकमा ब्रिफिङ गरेका छन् । च्यासलमा जारी बैठकमा ओलीले पूर्वराष्ट्रपति भण्डारीको आग्रहमा नै भेटघाट भएको जनाइएको छ ।
