SHARE
पर्दाफास · बिहीबार १० पु २०८२ १२:४१ PM · 1 मिनेट पढाइ

जेनजीलाई बालेनको प्रस्ताव- ‘एक ठाउँ आउनुहोस्, एकता त्यहाँबाट सुरु हुन्छ’

काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले जेनजी प्रतिनिधिहरूलाई मिलेर अघि बढ्न प्रस्ताव गरेका छन् । आज ललितपुरको कुपण्डोलस्थित आफ्ना सहयोगी कुमार बनेको घरमा जेनजी प्रतिनिधिहरूसँग सामूहिक छलफल गर्दै उनले यस्तो प्रस्ताव गरेका हुन् । उनले जेनजी प्रतिनिधिहरूलाई एक ठाउँ आउन र एकता गर्न आग्रह गरेको जेनजी अभियन्ता योगेन्द्र भण्डारीले मकालुखबरलाई जानकारी दिए ।