विश्वप्रकाश शर्माद्वारा चुनाव नलड्ने घोषणा
नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी निर्वाचन नलड्ने घोषणा गरेका छन् । बिहीबार बसेको पार्टीको केन्द्रीय कार्यसम्पादन समिति बैठकमा उनले यस्तो घोषणा गरेका हुन् । पार्टीले शर्मालाई झापा–१ बाट सर्वसम्मत रूपमा सिफारिस गरेको छ । तर उनले आगामी फागुन २१ गतेको निर्वाचनमा आफू उम्मेदवार नहुने बताए । पार्टीले उनलाई सिफारिस गरेकोमा धन्यवाद भने दिए ।
