SHARE
पर्दाफास · बिहीबार १० पु २०८२ ०१:२१ PM · 1 मिनेट पढाइ

काँग्रेस नेताहरु भन्छन्- सरकारले निर्वाचनको वातावरण बनाउन सकेन

नेपाली कांग्रेसका नेताहरुले सरकार निर्वाचनका लागि तयार नरहेको आरोप लगाएका छन् । पार्टी केन्द्रीय कार्यालयमा बोल्दै नेताहरु सरकारले निर्वाचनको वातावरण बनाउन नसकेको जिकिर गरेका हुन् । उनीहरुले कांग्रेसले सरकारले वातावरण बनाए निर्वाचनमा जाने निर्णय गरिसके पनि अहिलेसम्ममको स्थितिमा निर्वाचनको वातावरण बन्न नसकेको बताए ।