SHARE
पर्दाफास · बिहीबार १० पु २०८२ ०३:१७ PM · 1 मिनेट पढाइ

कांग्रेसद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान गर्न माग

नेपाली कांग्रेस राष्ट्रिय सभा संसदीय दलको बैठक सम्पन्न भएको छ । दलका नेता कृष्णप्रसाद सिटौलाको अध्यक्षतामा सिंहदरबारस्थित नेपाली कांग्रेस संसदीय दलको कार्यालयमा बसेको बैठकले समसामयिक राजनीतिक अवस्था र पार्टीका अग्रज नेताहरूको निधनप्रति केन्द्रित हुँदै दुई महत्वपूर्ण निर्णय गरेको छ ।