SHARE
पर्दाफास · बिहीबार १० पु २०८२ ०३:२४ PM · 1 मिनेट पढाइ

बालेन शाहलाई झापाबाट जमानत जफद गरिदिन्छौं : नेता पाठक

नेकपा एमालेका केन्द्रीय सदस्य चिन्तन पाठकले झापाली जनताले बालेन शाहको जमानतजफत गरिदिने बताएका छन् । झापा –५ बाट निर्वाचन लड्ने बालेन शाहको सपनालाई जमानत जफत गरेर देखाइदिने चेतावनी दिए । सरकारविरुद्ध नेकपा एमाले झापाले आयोजना गरेको खवरदारी कार्यक्रमलाई सम्बोधन गर्दै केन्द्रीय सदस्य पाठकले बालेन शाहका लागि झापा अत्यन्तै दुखद र अशुभ हुने बताए ।