करीब २५ फिट गहिराइबाट सशस्त्रका गोताखोरले निकाले बेपत्ता पुरुषको शव
काठमाण्डु – चितवन जिल्लाको भरतपुर महानगरपालिका–१६ सरनपुरस्थित नारायणी नदीमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका १ जनाको शव सशस्त्र प्रहरी बलको गोताखोरले फेला पारेको छ । भरतपुर महानगरपालिका–१५ सुर्यनगर बस्ने १५ वर्षीय मेनसन पुन मगर सोमबार दिउँसो नारायणी नदीको साइडमा जमेको पानीमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका थिए ।
