पाल्पा सिमेन्टले पायो आईपीओ निष्काशनको अनुमति
पाल्पा सिमेन्टले आईपीओ निष्काशनको अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले आज पुस ९ गते कम्पनीलाई आईपीओ निष्काशनको अनुमति दिएको हो। अब कम्पनीले ७५ करोड रुपैयाँको ७५ लाख कित्ता शेयर निष्काशन गर्ने छ। शेयर निष्काशनको लागि नबिल इन्भेष्टमेन्ट बिक्री प्रबन्धक रहेको छ । कम्पनीले प्रति शेयर १०० रुपैयाँमा शेयर निष्काशन गर्ने छ।
