इष्टर्न हाइड्रोपावरले हकप्रद निष्काशन गर्ने
इष्टर्न हाइड्रोपावर लिमिटेडले हकप्रद निष्काशन गर्ने भएको छ। कम्पनीले पुस २७ गते हुन लागेको आगामी साधारणसभामा हकप्रद निष्काशन गर्ने प्रस्ताव लैजान लागेको हो। कम्पनीले हाल कायम चुक्ता पुँजीको १:१ को अनुपातमा १०० प्रतिशत हकप्रद निष्काशन गर्ने प्रस्ताव गरेको हो।
