SHARE
पर्दाफास · बुधबार ९ पु २०८२ १०:५९ AM · 1 मिनेट पढाइ

ठमेलको क्यासिनोमा अवैध जुवा खेलाउने गिरोहका नाइकेसहित ६ जना पक्राउ

काठमाडौँको ठमेलस्थित छाया सेन्टरमा रहेको वाल्डो क्यासिनोमा अवैध रूपमा जुवा खेलाउने भारतीय गिरोहका ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँले बुधवार पत्रकार सम्मेलन गर्दै अवैध क्यासिनो खेलाउने कार्यमा संलग्न ६ जनालाई पक्राउ गरी परिसरको हिरासतमा राखिएको जानकारी दिएको हो ।