SHARE
पर्दाफास · बुधबार ९ पु २०८२ १२:०९ PM · 1 मिनेट पढाइ

सरकार भंग गर्न राष्ट्रपतिलाई विप्लवको १० दिने अल्टिमेटम

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी) ले सरकार भंग गर्न माग गर्दै राष्ट्रपतिलाई ज्ञापनपत्र बुझाएको छ । बुधवार सुशीला कार्की नेतृत्वको सरकार भंग गर्न माग गर्दै विप्लवले राष्ट्रपति रामचन्द्र पौडेलसमझ ज्ञापनपत्र बुझाएका हुन् । ‘वर्तमान अन्तरिम सरकारलाई भङ्गगरी सर्वपक्षीय अन्तरिम सरकार गठन गर्नुपर्छ।’ ज्ञापनपत्रको पहिलो बुँदामा भनिएको छ ।