काँग्रेसभित्र उठ्यो १५ औँ महाधिवेशनको कार्यतालिका संशोधन गर्नुपर्ने माग
नेपाली काँग्रेसमा १५ औँ महाधिवेशनको कार्यतालिका संशोधन गर्नुपर्ने माग उठेको छ । बुधवार पार्टी केन्द्रीय कार्यालय सानेमा बसेको पार्टी कार्यसम्पादन समितिको बैठकमा बोल्ने अधिकांश सदस्यहरूले महाधिवेशनको कार्यतालिका व्यवहारिक बनाउनुपर्ने माग राखेको पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले बताए । बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले महामन्त्री गगनकुमार थापाले महाधिवेशन र क्रियाशील सदस्यताबारे ब्रिफिङ गरेको बताए ।
