कोपा विजेता अर्जेन्टिना र युरो बिजेता स्पेनबीचको खेल तय
कतारको लुसेल स्टेडियममा मार्च २७, २०२६ मा युरोप र दक्षिण अमेरिकाका च्याम्पियनहरूबीच प्रतिष्ठित फाइनलिसिमा म्याच हुने भएको छ। युएफा र कोन्मेबोलले डिसेम्बर १८ मा यो म्याचको मिति र स्थानको आधिकारिक घोषणा गरेका हुन्। यो म्याच कोपा अमेरिका २०२४ को विजेता अर्जेन्टिना र युरो २०२४ को विजेता स्पेनबीच हुनेछ।
