स्वस्तिक लघुवित्तले पुननिर्माण गरि हस्तान्तरण गर्यो पिपरा प्रहरी बिट
स्वस्तिक लघुवित्तले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत नेपाल प्रहरीलाई प्रहरी बिट हस्तान्तरण गरेको छ । लघुवित्तले महोत्तरी जिल्लाको पिपरा गाउपालिका वडा नं. ४ मा रहेको प्रहरी बिटको पुनर्निर्माण गरि प्रहरीलाई हस्तान्तरण गरेको हो । लघुवित्तका अनुसार भदौ २४ गते भएको जेन्जी प्रदर्शनको क्रममा सो प्रहरी बिटमा पनि तोडफोड र आगजनी भएको थियो ।
