क्यानको निमित्त महानिर्देशकको जिम्मेवारी देवचन्द्र लाल कर्णलाई
सरकारले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)को निमित्त महानिर्देशकको जिम्मेवारी देवचन्द्र लाल कर्णलाई दिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री अनिल कुमार सिन्हाले शुक्रबार मन्त्रीस्तरीय निर्णय गर्दै कर्णलाई निमित्त महानिर्देशकको जिम्मेवारी दिएका हुन । कर्ण क्यानमा उप महानिर्देशक थिए । उनी १२ औं तहका कर्मचारी हुन् ।
