२ करोड ७४ लाख ८४ हजार रुपैयाँ बुझाएर रिहा भए रवि लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने रिहा भएका छन् । अदालतको आदेश बमोजिम आवश्यक प्रक्रिया पुरा गरेर उनी आज शुक्रबार साँझ रिहा भएका हुन् । उच्च अदालत बुटवलले बिहिबार उनलाई धरौटीमा रिहा गर्न आदेश दिएको थियो । सोहि बमोजिम आवश्यक प्रक्रिया पुरा गर्न काठमाडौँ स्थित नक्खु कारागारमा रहेका उनी आज शुक्रबार भैरहवा पुगेका थिए।
