दिपेन्द्र अग्रवाल पक्राउ, जोशी हाइड्रो र कर्पोरेट डेभलपमेन्ट बैंकको शेयर कारोबार बन्यो कारण
प्रहरीले शेयर लगानीकर्ता दिपेन्द्र अग्रवाललाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले आज उनलाई चुनदेवीबाट पक्राउ गरेको हो । केन्द्रीय अनुसन्धान ब्यूरोका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक शिवकुमार श्रेष्ठका अनुसार उनलाई धितोपत्र सम्बन्धी ऐन, २०६३ अन्तर्गतको कसूरमा पक्राउ गरिएको हो । नेपाल धितोपत्र बोर्डको प्रारम्भिक जाँचबुझ प्रतिवेदन अनुसार नै उनी प्रक्राउ परेको खुलेको छ ।
