किर्तीमानी उचाईबाट ओरालो लाग्यो सुनको भाउ
आज मंगलबार सुनको भाउ घटेको छ । सोमबार प्रतितोला २ लाख ६० हजार ७ सय रुपैयाँको किर्तीमानी मूल्यमा कारोबार भएको छापावाल सुनको भाउ आज तोलामा १ हजार ७ सय रुपैयाँले घटेर प्रतितोला २ लाख ५ढ हजारमा आइपुगेको छ । आज प्रति १० ग्राम छापावाल सुनको भाउ २ लाख २२ हजार ५० रुपैयाँ तोकिएको छ ।
