एभरेष्ट कलरको साधारणसभा सम्पन्न, आईपीओको प्रक्रिया अघि बढाउन अख्तियारी प्रदान
एभरेष्ट कलर लिमिटेडको दोस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ। आज मङ्सिर २९ गते कम्पनीका अध्यक्षको अध्यक्षतामा सभा सम्पन्न भएको हो । उक्त सभाले आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहितको वित्तीय विवरण (वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरण) माथि विस्तृत छलफल गरी सर्वसम्मतिले पारित गरेको छ।
