आइसिएफसि फाइनान्सको साधारणसभा सम्पन्न, लाभांश पारित
आइ.सि.एफ.सि.फाइनान्स लिमिटेडले आफ्नो बाइसौं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । आज सोमबार बौद्ध हेरिटेज, बौद्ध पिपलबोटमा कम्पनीले साधारणसभा गरेको हो। उक्त साधारण सभाबाट आर्थिक वर्ष २०८१÷८२ को मुनाफाबाट चुक्ता पुँजीको १५.७८९५५ नगद लाभांश दिने प्रस्ताव सर्वसम्मतबाट पारित गरेको छ ।
