ओली र देउवाबिच भेटघाट
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबिच भेटघाट भएको छ । पूर्वप्रधानमन्त्री समेत रहेका ओली देउवालाई भेट्न देउवा निवासमा पुगेका थिए । जेनजी आन्दोलनपछि बूढानिलकण्ठस्थित निवास पूर्ण रुपमा क्षति भएपछि देउवा हाल धुम्बाराहीस्थित एकघरमा बसिरहेका छन् ।
