SHARE
अन्नपूर्ण · मङगलबार १६ मंिर २०८२ १२:०६ AM · 1 मिनेट पढाइ

सार्वजनिक ठाउँमा पशुबध रोक्न माग गरिएको रिटमा सर्वोच्चले दिएको थियो यस्तो आदेश

काठमाडौं : काठमाडौं महानगरपालिका-९ स्थित ल स्टुडेन्ट्स सोसाइटी, अख्तियारी प्राप्त उक्त संस्थाका सदस्य काठमाडौं महानगरपालिका-७, भेडासिङ बस्ने विकल्प राजभण्डारीसमेतले सरकारविरुद्ध उजुरी दायर गरेको थियो। सार्वजनिक स्थलमा पशुको बध गरी दूषित मासु प्रयोग गर्न छुट दिने व्यवस्थाका कारणले सर्वसाधारणको स्वास्थ्यमा गम्भीर प्रतिकूल असर पर्ने र उक्त दफा सर्वसाधारणको स्वास्थ्यको हितको विपरीत रहेको भन्दै निवेदकले खारेज गर्न माग गरेका थिए।