विदेश पठाउने भन्दै १४ करोड १३ लाख ठगी, एकजना पक्राउ
काठमाडौं : वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने भन्दै १४ करोड १३ लाख ठगी गरेको आरोपमा एकजना पक्राउ परेका छन्।पक्राउ पर्नेमा मकवानपुर हेटौंडा उपमहानगरपालिका–४ घर भई हाल ललितपुर महानगरपालिका–४ बस्ने ५२ वर्षीय शम्भु दयाल अग्रवाल रहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यले बताए। पक्राउ परेका शम्भुले विभिन्न देश पठाइदिने भन्दै पीडितहरूबाट १४ करोड १३ लाख रुपैयाँ लिई सम्पर्कविहीन भएपछि पीडितहरूको उजुरी दिएका थिए।
