SHARE
अन्नपूर्ण · मङगलबार १६ मंिर २०८२ १२:०६ AM · 1 मिनेट पढाइ

समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यालय स्थापना

काठमाडौं : प्रतिनिधि सभा सदस्य निर्वाचनको समानुपातिक प्रणालीतर्फको निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ। फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सोमबारदेखि काठमाडौंस्थित निर्वाचन आयोगमा कार्यालय सञ्चालनमा ल्याइएको हो।कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले कार्यालयको उद्‍घाटन गरे। योसँगै समानुपातिकतर्फको निर्वाचन अधिकृत एवं आयोगका सचिव माहादेव पन्थले कार्यालयको जिम्मेवारी सम्हालेका छन्।