कांग्रेस महाधिवेशनउन्मुख, क्रियाशील सदस्यता नवीकरणदेखि म्याद थपसम्मका यी हुन् निर्णयहरू
काठमाण्डु – नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिले १५औं महाधिवेशनको कार्यतालिका पारित गरेसँगै अब पार्टी महाधिवेशनउन्मुख भएको छ । ललितपुरस्थित पार्टी केन्द्रीय कार्यालय बीपी स्मृति भवनमा कार्यबाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा भएको बैठकले पार्टीको म्याद थपदेखि क्रियाशील सदस्यता नवीकरण सम्बन्धी निर्णयहरू गरेको छ ।
