SHARE
अन्नपूर्ण · सोमबार १५ मंिर २०८२ १२:०७ AM · 1 मिनेट पढाइ

काठमाडौंमा जेनजी आन्दोलनका १६९ घाइतेको वर्गीकरण

काठमाडौं : गत भदौ २३­ र २४ गते भएको जेनजी प्रदर्शनमा काठमाडौंमा घाइते भएकाहरूको वर्गीकरण गरिएको छ। आजसम्म कूल १६९ जना घाइतेको विवरण प्राप्त भई वर्गीकरण गरिएको जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको छ। दुई चरणमा गरेर घाइतेहरूको वर्गीकरण गरिएको जिल्ला प्रशासन कार्यालय काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी एवं सहायक प्रवक्ता मुक्तिराम रिजालले बताए।