व्यवसायीलाई लक्षित गरी एनएमबि बैंकद्वारा नयाँ पेमेन्ट गेटवे सुरु
काठमाडौं : एनएमबि बैंकले कार्डमा आधारित अनलाइन पेमेन्ट गेटवे सुरु गरेको छ। नेपाल क्लियरिङ हाउस लिमिटेडसँगको सहकार्यमा देशभर डिजिटल कारोबारलाई सरल र सुरक्षित बनाउन यस्तो सेवा सुरु गरेको हो। यो सेवाले भौतिक र अनलाइन (ई–कमर्स) दुवै प्रकारका व्यवसायीलाई सहयोग पुर्याउने विश्वास लिइएको छ। सो गेटवेमार्फत व्यवसायीले स्वदेशी वा विदेशी जुनसुकै बैंकले जारी गरेका भिसा र मास्टर कार्डमार्फत ग्राहकबाट भुक्तानी लिन सक्नेछन्।
