SHARE
अन्नपूर्ण · सोमबार १५ मंिर २०८२ १२:०७ AM · 1 मिनेट पढाइ

पावरप्लेमा काठमान्डुको राम्रो सुरुवात

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणको १८ औँ खेलमा काठमान्डु गोर्खाजले कर्णाली याक्सविरुद्ध ४६ रन बनाएको छ। त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको कर्णालीले दिएको १५० रनको लक्ष्य पछ्याएको काठमान्डु गोर्खाजले पावरप्लेमा १ विकेट गुमाउँदै ४६ रन जोडेको हो। काठमान्डुको पहिलो विकेटको रूपमा आकाश त्रिपाठी आउट भए। उनले ११ बलमा ८ रन बनाउँदै क्याच भए।