निर्वाचनमा भाग लिन ११४ दलले गराए दल दर्ता, दुईवटा प्रक्रियामा
काठमाडौं : आसन्न प्रतिनिधिसभा निर्वाचन प्रायोजनका लागि ११४ दलले निर्वाचन आयोगमा दल दर्ता गराएका छन्। फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा सहभागी हुन ती दलहरूले दल दर्ता गराएका हुन्।निर्वाचन आयोगका कानुन तथा राजनीतिक दल व्यवस्थापन महाशाखाका सहसचिव यज्ञ भट्टराईले आइतबार साँझ ५ बजेसम्म ११४ दल दर्ता भएको जानकारी दिए। उनका अनुसार थप दुई दल दर्ताका लागि प्रक्रियामा रहेको छ। निर्वाचन आयोगले दल दर्ताका लागि चार दिनको म्याद थपेको थियो।
