मेटलाइफ नेपालले हाम्रा राष्ट्रिय क्रिकेट खेलाडीहरूको आत्मविश्वासलाई पुनः बढाउदै
काठमाडौं : गत वर्षभरि, नेपालको राष्ट्रिय क्रिकेट खेलाडीहरूले निडर आत्मविश्वासका साथ विभिन्न टूर्नामेंटहरु खेल्दै आएका छन्। किनकी प्रत्येक स्ट्रोक, डाइभ र जितको पछाडि उभिएको थियो उनीहरूको भरपर्दो संरक्षकः मेटलाइफ नेपाल। अब, एक वर्षसम्म उनीहरूको बीमाकर्ता र गौरवका साझेदार रहेको मेटलाइफ नेपालले फेरि एकपटक नेपाल क्रिकेट संघ (क्यान) सँगको आफ्नो प्रतिबद्धता नवीकरण गरेको छ। जसले लाखौँ नेपालीको आशा र गर्व बोकेर खेल्ने खेलाडीहरूलाई निरन्तर सुरक्षा प्रदान गर्नेछ।
