SHARE
अन्नपूर्ण · सोमबार १५ मंिर २०८२ १२:०७ AM · 1 मिनेट पढाइ

बस दुर्घटनामा १८ घाइते, पाँच जनाको रिफर

गोरखा : आइतबार बाह्रकिलोमा भएको बस दुर्घटनामा १८ जना घाइते भएका छन्। गोरखाबाट चितवनतर्फ जाँदै गरेको ना ४ ख १४१९ नंबरको यात्रुबाहक बस आइतबार दिउसो १ बजे सडकबाट गुड्दै जंगलमा पल्टेर दुर्घटना हुँदा घाइते भएका १८ मध्य पाँच जनालाई चितवन मेडिकल कलेज रिफर गरिएको गोरखा अस्पतालले जनाएको छ। १३ जनालाई गोरखा अस्पतालमा उपचारपश्चात डिस्चार्ज भएका मेडिकल सुपरिटेण्डेण्ट सिद्धार्थ खनालले जानकारी दिए।