काठमान्डु गोर्खाजको चौथो जितसँगै प्लेअफ नजिक, कर्णालीको चौथो हार
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणको १८ औँ खेलमा काठमान्डु गोर्खाजले कर्णाली याक्सलाई ५ विकेटले पराजित गरेको छ।त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको कर्णालीले दिएको १५० रनको लक्ष्य पछ्याएको काठमान्डु गोर्खाजले १८ ओभरमा ५ विकेट गुमाउँदै १५५ रनसहित लक्ष्य पूरा गरेको हो। यो काठमान्डु गोर्खाजको चौथो जित हो। यो जितसँगै काठमान्डु गोर्खाज प्लेअफको नजिक पुगेको छ। कर्णाली याक्सको यो चौथो हार हो।
