SHARE
अन्नपूर्ण · सोमबार १५ मंिर २०८२ १२:०७ AM · 1 मिनेट पढाइ

जेनजी आन्दोलनमा क्षतिग्रस्त भौतिक संरचना पुनर्निर्माण गर्न गोरखामा आर्थिक संकलन अभियान

गोरखा : जेन–जी आन्दोलनमा जलेर नष्ट भएका विभिन्न भौतिक संरचना पुनर्निर्माणका गोरखामा आर्थिक संकलन अभियान सञ्चालन गरिएको छ। आइतबार सञ्चालित सो अभियानका क्रममा एक लाख एक हजार रुपैयाँ संकलन भएको अभियानका संयोजक हरि देवकोटाले जानकारी दिए। जिल्लाका विभिन्न गैरसरकारी संघ संस्थाहरूले संयुक्त रूपमा ‘भौतिक पूर्वाधार पुनर्निर्माणमा सहयोग अभियान’ सञ्चालन गरेका थिए। संकलित रकम सरकारले खडा गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा योगदान गर्ने उनले बताए।