SHARE
अन्नपूर्ण · सोमबार १५ मंिर २०८२ १२:०७ AM · 1 मिनेट पढाइ

डिजेल र मट्टितेलको मूल्य घट्यो, हवाई इन्धनको बढ्यो

काठमाडौं : पेट्रोलियम पदार्थको मूल्य घटेको छ। नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको हो। निगमका अनुसार  डिजेल र मट्टितेलको मूल्य प्रति लिटरमा १ रुपैयाँले घटाइएको हो। नयाँ मूल्य सूची अनुसार तेस्रो वर्गमा १४६ रुपैयाँ पर्ने छ। इन्डियन आयल कर्पोरेशनबाट आज प्राप्त पेट्रोलियम पदार्थको नयाँ मूल्यअनुसार डिजेलमा एक रुपैयाँ ४४ पैसा घटेर तथा हवाई इन्धनमा प्रतिलिटर ५ रुपैयाँ ६२ पैसाले बढेर आएको छ।