SHARE
अन्नपूर्ण · सोमबार १५ मंिर २०८२ १२:०७ AM · 1 मिनेट पढाइ

भारत तस्करी गर्न लागिएको गाँजासहित भारतीय नागरिक पक्राउ

वीरगन्ज : नेपालबाट भारत तस्करी गर्न लागिएको लागू औषध गाँजासहित भारतीय नागरिक पर्सामा पक्राउ परेका छन्। पक्राउ पर्नेमा भारतको बिहार राज्यको बेतिया जिल्लाको मुसहरी गाउँका ६५ वर्षीय गामा बिन रहेका छन्। उनलाई प्रहरीले २९ केजी गाँजासहित पक्राउ गरेको हो।पर्साको जिराभवानी गाउँपालिका-५ शंकरसरैया स्थित बाँसबारीमा लागुऔषध ओसारपसारको काम भइरहेको सूचना प्रहरीलाई प्राप्त भएको थियो।