डोटीमा बोलेरो जिप दुर्घटना हुँदा १२ जना घाइते
डोटी : डोटीमा बोलेरो जिप दुर्घटना हुँदा १२ जना यात्रु घाइते भएका छन्। दिपायलबाट आदर्श गाउँपालिकाको गोरेली तर्फ जाँदै गरेको सु.प.प्र. ०२ ००१ च ११३५ नम्बरको बोलेरो जिप आदर्श गाउँपालिका-४ ल्वारेगडामा दुर्घटना हुँदा १२ जना घाइते भएका जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।जिप बेलुकी करिब ७ बजे कच्ची सडकमा अनियन्त्रित भइ सडकबाट करिब सय मिटर तल खसेको प्रहरीले बताएको छ। सबै घाइतेहरू सामान्य रहेको बताइएको छ। घाइतेको स्थानीय काँणीस्याउलेस्थित जिडी पोलिक्लिनिकमा उपचार भइरहेको छ।
