नेपाल–भारत सीमामा कडाई गर्न पर्साका जेनजी युवाहरूको माग
वीरगन्ज : भारतबाट लखेटिएका बंगलादेशी रोहिंग्याहरू विभिन्न नाका हुँदै नेपाल प्रवेश गर्न थालेपछि पर्साका जेनजी युवाहरूले नेपाल–भारत सीमा नाकामा कडाइ गर्न माग गरेका छन्। पर्साका जेनजी युवाहरूले नेपाल–भारत बीचको खुल्ला सीमाबाट हुने रोहिंग्याहरूको घुसपैठ लगायतका अवैध गतिविधि रोक्न माग गर्दै स्थानीय प्रशासनको ध्यानाकर्षण गराएका छन्।
