दक्षिण एसियामा बजार विस्तार गर्दै ‘हिमालयन जाभा’, भुटानपछि भारतमा पनि सेवा सुरु
नेपाली कफी पारखीहरुमाझ लोकप्रीय बनेको ‘हिमालयन जाभा’ले भारतमा पनि उपस्थिति जनाएको छ । गगन प्रधान संस्थापक रहेको हिमालयन जाभाले भारतको नयाँ दिल्लीस्थित ‘मजनु का तिला’मा आउटलेट खोलेको हो । हिमालयन जाभाका महाप्रबन्धक दिवाकर ओझाका अनुसार ५ महिना अगाडीबाट भारतमा जाभा सञ्चालनमा आएको हो ।
