२२ करोड ठगी आरोपमा शेयर लगानीकर्ता दीपेन्द्र अग्रवाल पक्राउ
प्रहरीले शेयर लगानीकर्ता दीपेन्द्र अग्रवाललाई पक्राउ परेका छन् । काठमाडौं जिल्ला प्रहरी परिसरले अग्रवाललाई आज सोमबार दिउँसो टोखाबाट पक्राउ गरेको हो । उनलाई ठगी र विश्वासघातको कसूरमा अनुसन्धान गर्नको लागि पक्राउ गरिएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार उनीमाथि २२ करोड ठगीको अरोप छ।
