शेयरबजारमा नयाँ रेकर्ड: बजार पुँजीकरण हालसम्म कै उच्च
आज शेयरबजारमा एउटा नयाँ रेकर्ड बनेको छ । आज सोमबारको कारोबारपछि बजार पुँजीकरण (Market capitalization) हालसम्मकै उच्च कायम हुँदै नयाँ रेकर्ड बनेको हो। बजार पुँजीकर भनेको सूचीकृत सम्पूर्ण शेयरको बजार मूल्यको कूल जोड हो। आज बजार पुँजीकरण ४८ खर्ब २६ अर्ब ९९ करोड ८६ लाख रुपैयाँ पुगेको छ।
