SHARE
अन्नपूर्ण · आइबार​ ७ मंिर २०८२ १२:०२ AM · 1 मिनेट पढाइ

अध्यक्ष ओलीको चेतावनी– सरकारले अराजकता र लुटपाटलाई प्रश्रय दियो, एमालेलाई निषेध गरे सह्य हुँदैन

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अराजकताको राज धेरै लामो समय नटिक्ने बताएका छन्। एमाले बागमती प्रदेश कमिटीले शनिबार काठमाडौंमा आयोजना गरेको जनप्रदर्शन र सभालाई सम्बोधन गर्दै उनले देशको अहिलेको अवस्थालाई एमालेले छिटै अन्त्य गर्ने बताएका हुन्। अध्यक्ष ओलीले वर्तमान सरकार संविधान र लोकतान्त्रिक विधि मिचेर र असंवैधानिक तवरले गठन भएको उल्लेख गर्दै सरकारले नै देशमा अराजकता, हिंसा र लुटपाटलाई प्रश्रय दिएको आरोप लगाए।