बसको ठक्करबाट पैदलयात्रीको मृत्यु
चितवन : बसको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ। माडी नगरपालिका-१ गर्दीस्थित सडकमा बा.प्र.०३-००१ ख २८८७ नम्बरको बसको ठक्करबाट पैदलयात्री सोही नगरपालिका-१ सेरूवा बस्ने ६२ वर्षीय फिरल महतोको शनिबार बिहान घटनास्थलमै मृत्यु भएको हो। बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
