SHARE
अन्नपूर्ण · आइबार​ ७ मंिर २०८२ १२:०२ AM · 1 मिनेट पढाइ

सरकारलाई प्रहरी पनि एमाले, अदालत पनि एमाले जस्तो लाग्न थालेको छ : अध्यक्ष ओली

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सरकारले लोकतान्त्रिक प्रणाली अस्वीकार गरेको बताएका छन्। एमाले बागमती प्रदेश कमिटीले काठमाडौंमा आयोजना गरिएको जनसभालाई सम्बोधन गर्दै उनले सुशीला कार्की सरकार कृत्रिम ढंगले गठन भएको बताएका हुन्। ‘यो सरकार लोकतन्त्रका विरुद्ध गठन गरिएको हो । यसले लोकतान्त्रिक चरित्र देखाउन सक्दैन ’ उनले भने, ‘यो सरकारको संवैधानिक परीक्षण हुनै पर्दछ। संविधानले यसलाई कुनै हालतले उचित ठहराउन सक्दैन।