काठमान्डुले विरटानगरलाई दियो १३५ रनको लक्ष्य
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणको आठौं खेलमा काठमान्डु गोर्खाजले विराटनगर किंग्सलाई १३५ रनको विजयी लक्ष्य प्रस्तुत गरेको छ। त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको काठमान्डुले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १३४ रन बनाएको हो। काठमान्डुको लागि आदिल आलमले ३ पटक जीवनदान पाउँदै ४८ रनमा अविजित रहे। उनले २५ बलमा ४ चौका र २ छक्का प्रहार गरे। ओपनर आकाश त्रिपाठी डकआउट हुँदा रिकार्डो भास्कोन्सेलोस ३ र प्रतीक श्रेठ ३ रनमा पेभेलियन फर्किए।
