पावरप्लेमा काठमान्डुविरुद्ध विराटनगरको राम्रो सुरुवात
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करण अन्तर्गतको आठौं खेलमा विराटनगर किंग्सले पावरप्लेमा ६७ रन बनाएको छ। त्रिवि क्रिकेट स्टेडियममा काठमान्डु गोर्खाजले दिएको १३५ रनको लक्ष्य पछ्याएको विराटनगरले पावरप्लेमा १ विकेट गुमाउँदै ६७ रन बनाएको हो। विराटनगरको पहिलो विकेटको रूपमा लोकेश बमको विकेट गयो। लोकेशले १० बलमा २ छक्कासहित १४ रन बनाएर क्याच भए। ६ ओभरको खेल सकिँदा जर्ज मुन्से ३२ र मार्टिन गप्टिल २०रनमा अविजित क्रिजमा खेलिरहेका छन्।
